१४ बैशाख २०८१, शुक्रबार

निर्माता तथा निर्देशक सन्तोष सेनप्रति खनिए दीपकराज गिरी, ‘घर नै नरहे कहाँ बस्छौ साथी ?’

deepak santosh

हास्य कलाकार दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन् । ‘प्रेमगीत ३’को विवादमा सेनले अभिनेता सरोज खनाललाई कटाक्ष गरेपछि गिरीले पनि मुख खोलेका हुन् ।

सेनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै खनालमाथि अपमानजनक शब्द प्रयोग गर्दै विभिन्न आरोप समेत लगाएका छन् । खनालले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसालेकाले आज राम्रो कामका लागि कलाकारले भिसा पाउन छाडेको उनको आरोप छ ।

खनालले प्रदीप खड्काले भुवन केसीलाई लक्षित गरेर बोलेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूभन्दा अग्रजको सम्मान गर्न आग्रह गरेका छन् । निर्माता सेनले ‘प्रेमगीत’मा प्रदीपले काम गर्न सक्दैन होला भन्दा आफूले गर्न सक्छ भनेको पनि खनालले स्मरण गरेका छन् । खनालको यो अभिव्यक्ति चित्त बुझाउन नसकेपछि सन्तोषले अपमानजनक भाषा प्रयोग गर्दै अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले हावा अभिव्यक्ति दिन नसुहाउने बताएका छन् ।

सोही कुरालाई लिएर गिरीले आक्रोश व्यक्त गरेका हुन् । ‘आज म लेख्दैछू ‘भूवन केसी , अनमोल केसी, झरना थापा, म अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ….. यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ‘। सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?’ गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘घर नै नरहे कॉहा बस्छौ साथि ?’ भन्दै गिरीले सेनलाई प्रश्न गरेका छन् । आफूलाई पनि गाली गर्ने सम्भावना रहेको भन्दै गिरी अन्याय सहेर भने नबस्ने बताउँछन् ।

गिरीकाे फेसबुक स्टाटस-
आज म लेख्दैछू ….
भूवन केसी , अनमोल केसी, झरना थापा ,म
अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ…
यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ….
सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?
यति राम्रो हाइप हूदॉहूदै के गर्या यो?
आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर
सबैलाइ सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने?
अनि आफू मात्रै राज गर्ने हो?
घर नै नरहे कॉहा बस्छौ साथि?
जे जे गर्यौ महान काम गर्यौ,
तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर…
वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा एक्स्ट्रा छुट माग सक्किगो त ….यति लेखे पछि ब्वाइकट अनमोलमा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !
तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !
हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ !फाइदा नै छ !
सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ !
होइन भने एकले अर्को लाइ नसकौ!
जय नेपाल !!!