७ बैशाख २०८१, शुक्रबार

विवाह बन्धनमा बाँधिए ‘तीतो सत्य’का चर्चित बाल कलाकार राज र मोडल सुनिशा

raj 2

चर्चित हास्य श्रृंखला ‘तीतो सत्य’का बाल कलाकारकाे रुपमा ख्याति कमाएका राज आचार्य विवाह बन्धनमा बाँधिएका छन् ।

कलाकार राज कलाकार सुनिशा बजगाईंसँग मंगलबार विवाह बन्धनमा बाँधिएका हुन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समेत मुख्य भूमिका रहेको सिरिज ‘तीतो सत्य’मा छोराकाे भूमिकामा प्रस्तुत भएका राजको विवाहमा सरिक भएको तस्बिर कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो फेसबुकमा पोष्ट गरेकी छन् ।

‘तीतो सत्य’मा राजले बाल कलाकारको भूमिका निभाएका थिए । चार्टर एकाउन्टेन्टको अध्ययन सुरु गरेपछि उनी कलाकारिता क्षेत्रबाट टाढिएका थिए । उनले सीए अध्ययन सकाइसकेका छन् ।

लामो समयपछि केही महिना अगाडि उनी म्युजिक भिडियोमा देखिएका थिए । राज र सुनिशाले ‘नजिक’ बोलको म्युजिक भिडियोमा सँगै अभिनय गरेका थिए ।

raj 11655810328