८ बैशाख २०८१, शनिबार

भताभुंग निर्माणपक्षको बेनिशालाई शुभसाइतमा सार्वजनिक गर्ने योजना

benisha deepak seepa

हेमराज वीसीको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रमा नायिका बेनिशा हमाल फाइनल भएकी छिन् । यो चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा मिलेर बनाउँदैछन् ।

सुपरहिट व्यानर आमा सरस्वती मुभिजको नयाँ चलचित्रमा अभिनेत्रीको रुपमा बेनिशा हमाल र मलिना जोशी फाइनल भएका हुन्।

यी दुई अभिनेत्री फाइनल भएको बताइए पनि निर्माण टिमले भने यसको औपचारिक जानकारी गराएको छैन। यो चलचित्रमा बेनिशा मुख्य नायिकाको रुपमा देखिनेछिन् भने अर्की नायिका मलिना जोशी पनि फाइनल भएकी छन् ।

फिल्मका लागि बेनिशा केही दिन अगाडि नै फाइनल भएकी हुन् । तर, बेनिशालाई चलचित्रको शुभसाइतमा नै सार्वजनिक गर्ने निर्माणपक्षको योजना मिडियामा समाचार सार्वजनिक भएसँगै भताभुंग भएको छ ।

चलचित्रको ९ गते शुभ मुहर्त गर्ने र सोहि दिन सम्पूर्ण जानकारी गराउने समेत जानकारी दिईन। हामीसंगको कुराकानीमा दिपाश्री भन्छिन् , ‘हामी यहि ९ गते चलचित्रको शुभ मुहर्त गर्दैछौ। सोहि दिन नै सम्पूर्ण जानकारी भैहाल्नेछ। ‘

यसबीच निर्माण चलचित्रको नाम पनि अझै फाइनल गरिएको छैन । चलचित्रको नाम ‘जय माग्ने राजा वा छक्का पन्जा ४’ के राख्ने बिषयमा कुनै पनि निर्णय नभएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताएका छन् ।

दुवै नाम दर्ता समेत भैसकेको छ। यी दुई नाम अथवा नयाँ कुनै नाम राख्ने भन्ने बिषयमा समेत टिम छलफलमा रहेको छ। चलचित्रको छायांकन साउनको ९ गतेबाट सुरु हुनेछ ।

चलचित्रमा दिपकराज गिरि, केदारप्रसाद घिमिरे माग्ने बुढा, निर्मल शर्माको साथमा यो पटक दिपाश्री निरौला समेत रहने चर्चा रहेको छ। चलचित्र रिलिज दशैँ टार्गेट भए पनि अव निर्माण टिमले तिहारको समय हेरिरहेको समेत बुझिएको छ। दुबै नायिकाको भूमिका खुलाइएको छैन ।