६ बैशाख २०८१, बिहीबार

बम्पर अफर ‘प्रेमगन्ज’ फिल्म हेर्ने दर्शकलाई

premgunj

यही भदौ ३ देखि देशभर प्रदर्शन हुन गईरहेको चलचित्र ‘प्रेमगन्ज’ हेर्ने दर्शहरुले बम्पर अफर पाउने भएका छन् ।

भाद्र २ गते देखि ८ गते सम्म खल्ती एप मार्फत प्रेमगन्ज फिल्मको टिकट काट्ने दर्शकलाई ५० प्रतिशत वा अधिकतम रु.२०० सम्म रकम फिर्ता हुनेछ । त्यसका लागि टिकट काट्दा प्रोमोकोडमा PREMGANJ भने अनिवार्य उल्लेख गर्नु पर्नेछ ।

त्यस्तै भदौ ३ गते देखि ५ गते सम्म फिल्मको टिकट काट्ने दर्शकहरु मध्येबाट एक जना लाई विजेत चुनिनेछन् । विजेताले आफ्नो जोडीलाई लिएर भैरहवामा अबस्थित टाईगर प्यालेस रिर्सोटमा क्यान्डल लाईट डिनर सहित एकरात बस्ने ब्यवस्था रहेको छ ।

त्यसका लागि काटेको टिकटको फोटोलाई प्रेमगन्जको फोसबुक पेजमा म्यासेज पठाउन पर्नेछ । त्यस मध्येबाट लक्की ड्र मार्फत एकजना भाग्यशाली विजेता छनौट गरिनेछ ।

साथै मुक्तिनाथ विकास बैंकले चलचित्र प्रेमगन्ज सम्बन्धी संचालन गरेको क्वीज प्रतियोगिताको वितजेताहरुलाई फिल्मका मुख्य कलाकारहरुसंग बसेर क्यान्डल लाईट डिनरको ब्यवस्था पनि गरेको छ ।