७ बैशाख २०८१, शुक्रबार

निशान छाप संशोधन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

map with limpiyadhura VYqKdrQFMT

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशाेधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय पनि गरेको छ।

सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्सा अनुसार संविधानकाे अनुसूची ३ मा रहेकाे निशान छापसम्बन्धी व्यवस्था संशाेधनकाे लागि संविधान संशाेधन गर्न लागिएकाे हाे ।

त्यसैगरी मन्त्रिपरिषद्ले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नका लागि ल्याइएको ऐनको साविककै व्यवस्था जगाउने अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ।

यस अघि जारी गरी खारेज भएका अध्यादेश र पुराना कानुनलाई फेरि जगाउने विधेयक स्वीकृत गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। यी दुई अध्यादेशका कारण प्रधानमन्त्री चर्को आलोचनामा फसेका थिए।