१५ बैशाख २०८१, शनिबार

डकैती गर्न आएको समूहको आक्रमणमा प्रहरी गम्भीर घाइते

Nepal police

बारामा डकैती गर्न आएको समूह र प्रहरीबीच झडप भएको छ ।

गएराती डकैती गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा बारामा प्रहरी सहित दुईजना घाईते भएका छन् । गएराती करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँको वीरगञ्ज स्थित नेशनल हेल्थ केयरमा उपचार भईरहेको छ ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड गोलि चलाएको थियो । डकैतिमा संलग्न व्यक्तिको साथबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये एक जना घाईतेको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।