१५ बैशाख २०८१, शनिबार

नेपालमा अर्का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २७६ पुगे

helth ministry office nepal

नेपालमा शनिबार फेरि थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आजै बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको छ ।

276 5HJgo2nSKl