१४ बैशाख २०८१, शुक्रबार

डेढ घण्टा प्रचण्ड र नारायणकाजीबीच छलफल

narayan kaji prachanda
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ ।

भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।