१६ चैत्र २०८०, शुक्रबार

दश जिल्लाको प्रगती समिक्षा सुर्खेतमा सुरु

Karnali I2VYaB4kim

जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मतहतका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगती समीक्षा सुरु भएको छ ।

सुर्खेतको बीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/ ८० को बजेट कार्यान्वनका विषयमा समेत छलफल हुनेछ ।

सबै जिल्लास्थित कार्यालयहरुले आफूले वर्ष भरी गरेको प्रगती विवरण समीक्षामा प्रस्तुत गर्ने छन् । कर्णााली प्रदेशको खानेपानी ,सिँचाइ , उर्जा र तटबन्धमा मन्त्रालयले गरेको लगानी र त्यसको प्रतिफलका विषयमा समेत व्यापक छलफल हुने जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । 

मन्त्रालयले ठूलो जलविद्युत आयोजनामा शेयर लगानीदेखि परिणाम निकाल्ने खालका खानेपानी तथा सिँचाइका योजनाहरु निर्माण कार्य जारी राखेको छ । बिभिन्न विकास साझेदार निकायसँग समेत सहकार्य गरी कामहरु भइरहेको मन्त्री सिंहले जानकारी दिए ।  जिल्लास्थित कार्यालयले काम गर्दा परेका समस्याका विषयमा समेत जानकारी गराउने छन् । 

चालु आवमा केही नयाँ योजना र अधिकांश पुराना आयोजनाहरु निर्माण गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । भेरी वेसिन सिँचाइ तथा खानेपानी , सल्यानको शारदामा खानेपानी तथा प्रदेश राजधानी बीरेन्द्रनगरमा खानेपानी लगाएका नयाँ योजना समेटिएका छन् ।