१४ बैशाख २०८१, शुक्रबार

मनोरञ्जन करमा छुटदेखि डिजिटल बोर्डमा सघाउनुपर्नेसम्म माग

293347922 3159158704336540 3880967615034594765 n

फिल्म छेत्रका समस्याकाबारे काठमाडौं महानगरपलिकाका मेयर बालेन शाहसँग कलाकारको टोलिले छलफल गरेको छ ।

आज मेयर कलाकारबीच भएको छलफलमा विभिन्न पाँच माग समेत कलाकारहरुले राखेका छन् । चलचित्र संघका महासचिव तथा निर्देशक आशोक शर्माको नेतुत्वमा गएको कालाकार टोलिले मनोरञ्जन करमा छुट दिन आग्रह गरेका हुन् ।

मेयरसंगको भेटघाट टोलीमा संगीतकार शम्भुजित बास्कोटा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, दिपाश्री निरौला, खगेन्द्र लामिछाने र कलाकार निर्मल शर्मालगाएत मेयर शहालाई भेटन पुगेका थिए ।

मेयरसँगको भेटमा स्थानीय मनोरञ्जन कर दिन बोडमा कम्पनी दर्ता गर्न ब्यबस्थित डिजिटल बोर्डमा फिल्मको विज्ञापन राख्न नगर छेत्र भित्रका विभिन्न स्थानमा सहज र सहुलियत पूर्ण छायांकन गर्न दिन र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने लगाएत विषयहरुमा बालेनसँग कलाकारहरुले माग राखेका हुन् । बालेन मेयरमा निर्वाचित भए लगत्तै दुई प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए ।

फिल्मकर्मीले मनोरञ्जन करमा छुटदेखि डिजिटल बोर्डसम्मयसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखेका छन् ।