१६ बैशाख २०८१, आईतवार

अन्ततः चौतर्फी दबाव बढेपछि अर्थमन्त्री शर्माले दिए राजीनामा

FinanceMinister janardan Sharma

वारम्बार विवादीत कार्य गरेर नैतिकताको हदपार गरेका अर्थमन्त्री जनार्दन शर्माले अन्ततःपदबाट राजीनामा दिएका छन । गर्भनर काण्ड, अवैध पैसा छुटाउन दिएको दवाव र बजेट निर्माणमा अनधिकृत व्याक्तिलाई सहभागी गराएको विषयले उनी माथि नैतिकताको प्रश्न उठेको थियो । जसमा सिसिटिभी फुटेज डिलिटको प्रकरणले अझ तरंग आएको थियो ।

चौतर्फी विवादमा फसेका अर्थमन्त्री जनार्दन शर्माले अन्तत ? पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

बजेटमा निर्माणमा खेताला लगाएको विषयले विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मालाई उक्त दिनको सिसिटभी फुटेज हराएको खबरले अझ विवादित बनाएको थियो ।

शर्माले केहि व्यापारिक घरानाको हितमा करको दरमा अदलवदल गरेको आरोप छ । त्यसको सडक र सदनमा आलोचना हुँदै आएको थियो भने संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग समेत उठेको थियो ।

पहिलेबाटै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले फुटेज हेर्न गरेको आग्रहलाई टार्दै आएका उनी माथि खेताला लगाएको आरोप लाई समेत पछिल्लो घटनाले थपबल मिल्यो ।

विवाद संगै एमालेले शर्मा पदबाट हट्नुपर्ने अडान राखेको थियो । सरकारी डकुमेन्ट गायवबनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरेका एमाले नेताहरुले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखेका थिए ।

विगतमा संसदमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नु पहिले नै बजेट बाहिरिएका घटनामा पनि संसदीय समिति बनाएर छानबिन गरिएको थियो ।

एमालेका नेताहरू भरतमोहनअधिकारी र विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि बजेट पहिले नै सार्वजनिक भएपछि छानबिन संसदीय समिति बनेका थिए । तर उनीहरुले पनि राजिनामा नदिएको ईतिहास देखाँउदै अहिले सत्तापक्षका नेताहरुले अर्थमन्त्री शर्माको बचाउ समेत गरे ।

तर चौतफी विवादका सामु निरिह देखिएका प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्थमन्त्रीको खड्को टार्न सकेनन् । यहि दवावका कारण अर्थमन्त्रीको राजिनामा मात्र आएन छानविन गर्न ११ सदस्यीय छानविन समिति समेत गठन भएको छ ।

संसदीय छानविन विशेष समितिमाविभिन्नदलकातर्फबाट रहेका सांसदहरुमा खगराजअधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।

बारम्बार विवाद फसेका अर्थमन्त्रीको जवाफदेहीबाट भाग्ने भरमग्दुर प्रयास अन्तत असफलत भएको छ । उनको नैतिकहिन आचारणककै कारण यो विषय मन्त्रिपरिषदका अध्यक्षका रूपमा प्रधानमन्त्री देउवा र शर्माले प्रतिनिधित्वगर्ने पार्टी अध्यक्षका रूपमा पुष्पकमल दाहाल ’प्रचण्ड’ मापुगेको भन्दै कारबाहीको लागि दवाव बढेपछि अर्थमन्त्रीले मार्ग प्रसस्त गरेका हुन ।

उनी माथि बजेट निर्माणमा खेताला लगाएको मात्रन भई सिसिटीभी फुटेज डिलिट गरेकोमा समेत दण्डित गर्नुपर्ने मागचौतर्फी उठेको छ ।