४ बैशाख २०८१, मंगलवार

हर्क र बालेनको उदयले संसदीय चुनावमा बढ्यो स्वतन्त्र उम्मेदवारीको मोह

ele

आगामी संसदीय निर्वाचनलाई लक्षित गर्दै ठूला दलका शीर्षस्त नेताकै क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नेको सूचि लामो छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको उदयपछि हौसिएका स्वतन्त्र उम्मेदवारहरुले संसदीय निर्वाचनमा दलहरुलाई टक्कर दिन सक्लान् ?

कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता गर्ने भनिएको संघीय र प्रदेशसभाको चुनावको चर्चा चर्को भइसकेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन, तर संसदीय निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।

स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरपालिका, धरान उपमहानगर, धनगढी उपमहानगर जस्ता मुख्य शहरहरुमा ठुला दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारले चुनाव जितेपछि स्वतन्त्रहरु हौसिएको प्रष्ट छ । आफुहरुको उम्मेदवारी व्यवस्थासँग नभई व्यवस्थामाथी हावी भएको प्रवृत्ति विरुद्ध भएको स्वतन्त्र उम्मेदवारका आकाक्षी बनेकोहरुको तर्क छ ।

उम्मेदवार घोषणा गर्नेमा स्वतन्त्र उम्मेदवार त छन् नै पार्टीको निर्णयविना सम्भव नै नभएको राजनीतिक दलका युवा नेताहरुले समेत एकपछि अर्को उम्मेदवार बन्ने आकाक्ष सार्वजनिक गर्दै पार्टीलाई दवाव दिईरहेका छन । ठुला दलका शीर्ष नेताहरुको गढमा स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा मैदानमा उत्रिएका छन । कांग्रेस नेता प्रकाशन सिंहको क्षेत्र काठमाडौ क्षेत्र नम्बर एकमा सामाजिक अभियन्त पुकार बमले स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।

कांग्रेस महामन्त्री गगन थापा, एमाले नेता गोकुल बास्कोटाको क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारहरुको लर्को नै छ । देशमा देखिएको विकृतिप्रति लड्न स्वतन्त्रहरुको जमात आवश्यक भएको कतिपयको विश्लेषण छ । सडक र सदन दुवैमा अवाज उठे मुलुक परिवर्तन सम्भव हुने भएकोले स्वतन्त्र उम्मेदवार अगाडि आउनु राम्रो भएको विश्लेषकहरुको तर्क छ ।

पूर्व आईजीपी सवेन्द्र खनालदेखि, पूर्व डिआईजी रमेश खरेल र रञ्जु दर्शनासम्े उम्मेद्वारी दिन तमतयार देखिएका छन् । जसपा अध्यक्ष बाबुराम भट्टराईका छोरी मानुषी भट्टराई पार्टीले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार दिने मनस्थितिमा छन ।

पूर्व सञ्चारकर्मी रवि लामिछाने पार्टी नै दर्ता गरेर अगाडि बढेका छन । काठमाडौका निर्वाचन क्षेत्रमा मात्र होइन देशका अन्य निर्वाचन क्षेत्रहरुमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी घोषणा गरिरहेका छन । बुटवल पोखरा चितवन, लगायतका ठुला शहरहरुमा स्वतन्त्र उम्मेदवारी दिने क्रम बढन थालेको छ । स्वतन्त्र उम्मेदवारहरुको लहरलाई ठुला दलका नेताहरुले आ–आफ्नो ढंगले व्याख्य गर्दै आएका छन् ।

कोहिलाई व्यवस्था त कोहिलाई अवस्था मन परेको छैन । केही विकल्प दिन भन्दै आफै मैदानमा उत्रिएका छन । स्वतन्त्र भनिएकाहरु फरक फरक ढंगबाट अघि बढ्दा उनीहरुले दलमाथि धावा बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।

ठुला पार्टीको प्रवृत्ति र ओली प्रचण्ड देउवाको विकल्प बन्न मैदानमा उत्रिएका स्वतन्त्र र साना दलका उम्मेदवारहरुले विकल्प देलान वा समाचार र सामाजिक सञ्जाल तताउने काममा मात्र सीमित होलान् ? यो विषय निर्वाचनको मत परिणामसँगै सतहमा आउने नै छ ।