६ बैशाख २०८१, बिहीबार

भारतले १२ वर्षदेखि सडक बनाउँदा नेपालले किन थाहा पाएन ? नापी विभाग एक्लैले नयाँ नक्शा बनाउन सक्दैन

international shram samiti

नेपाल भारतबीचको सीमा विवादबारे संसदको अन्र्तराष्ट्रिय समितिले डाकेको बैठकमा भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल अनुपस्थित भएकी छिन् । अचानक स्वास्थ्य समस्या आएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

बैठकमा भूमि व्यवस्था मन्त्रालयका सचिवले सहभागिता जनाएका छन् । उनले प्राविधिक कारणले नेपालको सम्पूर्ण भूभाग रहेको नक्सा सार्वजनिक गर्न नसकेको बताएका छन् । निकट भविष्यमा नक्सा प्रकाशन गर्ने तयारी रहको उनले बताएका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापालाई पनि बोलाइएको थियो।

उनी संसदको अर्को समिति राज्यब्यवस्था तथा सुशासन समितिमा सहभागी भएका छन् । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमीमा सडक बनाएको विषय आपत्तिजनक रहेको र कुटनीतिक तबरबाट समस्या समाधान गर्न जोड दिएका छन् ।

बैठकमा सांसदहरुले तत्काल नेपालले नेपालको आफ्नो भूमि समेटिएको नक्सा जारी गर्न माग गरेका छन् । नेकपा सांसद राम कार्कीले तत्काल नेपालले आफ्नो भूभाग समेटिएको नक्सा सार्वजनिक गर्न माग गरेका छन् । उनले दुई देशबीच कुटनीतिक तरिकाले छलफल गर्ने भनेर भारतले पनि बताएको उल्लेख गर्दै नेपालले आफ्नो भूभागको आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सांसद दिव्यमणीराज भण्डारीले भारतले १२ वर्षदेखि सडक बनाउँदा नेपालले किन थाहा पाएन भन्दै प्रश्न गरे । उनले ‘अहिले गुगल स्याटेलाइटबाट सबै देखिन्छ, जनतालाई कति उल्लु बनाउन खोजेको रु’ भन्दै प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मन्त्रीले हेलिकोप्टरबाट सीमा निरीक्षण गरेको भन्ने कुरा आएको बताउदै मन्त्रीले के हेरे भन्दै प्रश्न गरे रु उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल गत फागुन ५ गते नेपाली सेनाको हेलिकप्टर चढेर निरीक्षणका लागि दार्चुला गएका थिए ।उनले प्रमुख प्रतिपक्षी दलले सरकारलाई आवश्यक कदम चाल्न सहमति दिँदा पनि सरकार लाचार भएको बताए ।

नेकपा सांसद सुदन किराँतीले जनताले थाहा पाएपछि मात्र सरकारले थाहा पाउने यो कस्तो सरकार हो भन्दै आपत्ति प्रकट गरे । उनले १२ किलोमिटर सडक खन्दा पनि सीमा क्षेत्रमा खटिएका सरकारी संयन्त्र भारतको गोटी हो कि हैन भन्दै आपत्ति प्रकट गरे ।

संसदीय समिति कार्यपालिकाको लाचार छायाँ छ हैन, किन संसदीय समितिले दिएको निर्देशन सरकारले पालना गरेन भन्दै प्रश्न गरे । उनले संसदले नेपालको नक्सा प्रकाशन गर्न दिएको निर्देशन पालना नभएको भन्दै आक्रोश व्यक्त गरे ।

नापी विभाग एक्लैले नेपालको नयाँ नक्शा बनाउन सक्दैन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापनक्शाङ्कनको वातावरण मिलाए लिपुलेक, कालापानीसहितको नक्शा बनाउन तयार भएको बताएको छ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिसँगको वैठकमा मन्त्रालयका सचिव केदार न्यौपानेले यस्तो बताएका हुन्।

उनले नापी विभागको अग्रसरताले मात्र नेपालको नयाँ नक्शा बनाउन सम्भव नभएको वैठकमा बताए।

समितिकी सभापति पवित्रा निरौला खरेलले यसअघि नै समितिले नयाँ नक्शा जारी गर्न दिएको निर्देशनका बारेमा गरेको प्रश्नको उत्तर दिदैं न्यौपानेले मन्त्रालय एक्लैले चाहेर नयाँ नक्शा बन्न नसक्ने बताएका हुन्।

धेरै कुरा कुटनीतिज्ञ च्यानलबाट धेरै कुरा बढेको छ। हाम्रो मन्त्रालयको भूमिका सहयोगीमात्रै हो उनले भने परराष्ट्रले पनि सकारात्मक वातावरण बनाउन काम गरिरहेको छ। नापनक्शाकंन गर्ने वातावरण गरे मन्त्रालय तयार छ।

वैठकमा पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली पनि उपस्थित छन्। उनले मन्त्रालयकातर्फबाट हिजो शनिवार जारी भएको विज्ञप्ति पढेर सुनाएका थिए।

उनले कोरना महामारी चलेको बेला यस्तो घटना नहुनुपर्थ्यो भन्ने भनाइ राखेका छन्। सुगौली सन्धीको इतिहासदेखि यो नसुल्झिएको विषय हो। हामी समाधान गर्न तयार छौ। उनले भने।