६ बैशाख २०८१, बिहीबार

नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई कस्ले रोक्यो : भीम रावल

Bhim Rawal

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीम रावल भारतले सीमा अतिक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले भारतले सीमा मिचेर सडक बनाउनु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए। त्यसैगरी उनले आफ्नै दल नेतृत्वको सरकारको पनि आलोचन गरेका छन्। उनले सरकारले नेपालको सीमा सहितको नक्सा जारी नगरेकोमा आपत्ती जनाए।

भारतले सीमा मिचेका विषयमा सबै नेपालीका तर्फबाट निन्दा गर्न चाहन्छु। यो अन्तर्राष्ट्रिय कानुनको विरुद्ध छ। नेपालको नक्सा जारी गर्न सरकारलाई कसले रोक्योरु उनले प्रश्न गरे।

प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदहरुले भारतले नेपालको भूमि मिचेर तिब्बत जाने बाटो बनाएको भन्दै आपत्ती जनाएका छन्।

भारतीय सेना फिर्ता गर्न सरकार के गर्दैछ ?

भीम रावलले नेपाली भूमिबाट भारतीय सेना हटाउन सरकारसँग माग गरेका छन् । भारतीय सेना फिर्ता गर्न सरकारले कस्तो काम गरिरहेको छ ? भन्दै जवाफ मागेका छन् ।

‘सर्वप्रथम नेपाली भूमिमा भारतले अतिक्रमण गरेकोमा सम्पूर्ण नेपाली जनताको तर्फबाट त्यसको निन्दा गर्न चाहान्छु । त्यो अन्तराष्ट्रिय कानुनविरुद्ध छ । असल छिमेकी नीतिकोविरुद्ध छ । र त्यो आजको सभ्य समाजकोविरुछ । त्यसकारण त्यो काम तुरुन्त बन्द होस् र त्यहाँबाट भारतीय सेना फिर्ता होस् । भारतीय सेना फिर्ता गर्नेतर्फ नेपाल सरकारले के गरिरहेको छ ?’, उनले भने ।