Close Me
२९ माघ २०८१, मंगलवार

भीम रावलसँग छलफल गर्न एमालेको तीन सदस्यीय कार्यदल गठन

UML Sachibalaya

शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका नेता भीमबहादुर रावलसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समितिमा एमाले उपाध्यक्ष विष्णु पौडेल, लेखराज भट्ट र कर्णबहादुर थापालाई चयन गरेको छ । समितिले नेता रावलसँग असन्तुष्ट विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ ।

मिटरब्याजीपिडितहरूका समस्या सम्बोधन गर्नका लागि पनि बैठकले सरकारलाई माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि भने भोलि बैठक बसेर निर्णय हुने बताइएको छ ।