१७ बैशाख २०८१, सोमबार

दुःख नदिइयोस् बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई सरकारले मल दिन सक्दैन भने : सांसदहरु

RS KTM samsad 20200510 Samsad2 650x379 1
फाइल फोटो

नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिए ।

सांसद सरिताकुमारी गिरीले बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई दुःख नदिनका लागि गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दियोस् भन्ने माग गरिन् ।

सांसद यज्ञराज सुनुवारले मन्त्रालयमा जाँदा नभेटिने, संसदमा नभेटिने मन्त्रीलाई स्थगन प्रस्तावले कमसे कम संसदमा खडा गराएको भन्दै मलको अभावबारे मन्त्रीबाट प्रस्ट कुरा आउने अपेक्षा गरे ।

‘गठबन्धन सरकारलाई असार महिना किसानले खेती लगाउने बेला हो भन्ने थाहा भए पनि मल उपलब्ध गराउन सक्दैन,’ उनले भने, ‘विद्यार्थी पाठ्यपुस्तक चाहन्छन्, सरकार पुस्तक दिन सक्दैन । किसान मल चाहन्छन्, सरकार मल दिन सक्दैन । सांसदहरु विकास चाहन्छन्, सरकार विकास दिन सक्दैन ।’