१४ बैशाख २०८१, शुक्रबार

सिड्निमा नेपाली पक्राउ, यौन दुर्व्यवहारको आरोप

hurtsville police station sydney

जागिर मिलाईदिने बहानामा भेट भएकी युवती माथी अनैतिक कृयाकलाप गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन् ।

२५ वर्षिय नेपालीले नक्कली फेसबुक खाता खोलेर रोजगारिको प्रस्ताव राखेर महिलासँग भेट गरेको जनाइएको छ ।हर्ट्स्भिल पुलिसले उक्त व्यक्तिलाई आज अदालतमा पेश गर्ने बताइएको छ ।

हर्ट्स्भिल पुलिसका अनुसार “१८ मार्च वुधबार विहान १० बजे, एक १८ वर्षिय युवती अलावाह रेल स्टेसनबाट वैड्स एभेन्न्यु गएकी थिइन् । उनि त्यहाँ पुगेपछी उक्त व्यक्तिले उनलाई गाडी बस्न भनेका थिए । गाडीमा बसेपछी २५ वर्षिय पुरुषले अनैतिक कृया गर्न खोजेका थिए” ।

प्रहरीको सम्पर्कमा पुग्नु अगाडी सो युवती गाडिबाट निस्केर अलावाह रेल स्टेसन तर्फ भाग्न सफल भएकी थिइन । घटनाको अनुसन्धानपछी प्रहरीले शुक्रवार, २४ अप्रिल दिउँसो २:३० बजे हर्स्टभिलको एक घरबाट उक्त युवकलाई पक्राउ गरेको थियो ।

त्यसपछी उनलाई कोगराह पुलिस स्टेशन लगिएको थियो जहाँ उनलाई सहमति बिना अर्कोसँग यौनजन्य व्यवहार गरेको आरोप लगाइएको थियो।

उनको जमानत अस्विकार गर्दै २५ अप्रिलमा पारामटा स्थानीय अदालतमा पेश गरिएको थियो । त्यहाँ औपचारिक रूपमै जमानत अस्विकार भएको हुनाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।