१७ बैशाख २०८१, सोमबार

के जसपा र लोसपा एक हुन लागेका हुन ? किन हतारिदै छन् उपेन्द्र यादव ?

jasapa
फाइल फोटो

स्थानीय तह निर्वाचनको नतिजाले वहसमा ल्याईदिएको विषयमध्ये मधेशवादी दलहरु वीचको एकता पनि एक हो । गठबन्धनबाट धोका पाएको जसपाको समिक्षा र फुटले हार व्यहोरेको लोसपाको स्वीकारोक्तीले एकताको ढोका खुलेको चर्चा छ ।

स्थानीय तह निर्वाचनको नतिजाबाट धक्काको महसुस गरेका मधेशवादी दलहरुबीच एकताको विषयले मधेशको राजनीति तरंगित बनेको छ । विगतमा प्रदेश सरकार नै बनाउने हैसियत बनाएका उनीहरु अहिले टुटफुटका कारण आफ्नै आधार क्षेत्रमा अस्तित्वको लडाई लडिरहेको छन ।

जहाँ कांग्रेसले आफ्नो पुरानो शाख फिर्ता ल्याउदाँ मधेशवादी दलहरुका लागि भने चुनौती थपिएको छ । फलत जनता समाजवादी पार्टीबाटै फुटेर बनेको लोकतान्त्रिक समाजवादी पाटी र जसपा एक हुने विषय यतिवेला चर्चामा छ ।

स्थानीय तहको चुनावअघि जसपाले देशभर ७० देखि ८० र लोसपाले ३० देखि ४० पालिका जित्ने दावी गर्दै आएका थिए । तर उनीहरुले क्रमश ३० र १६ स्थानीय तहमा खुम्चिएपछि मदेशवादी दलवीच गठबन्धन वा एकता हुनुपर्ने दुवै पार्टीका नेताहरुको मनशाय छ ।

त्यसमा पनि जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव नै लोसपासँग एकताका लागि बढी हतारिएका छन् । पार्टीमा अर्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षकाको वहुमत र लोसपा पनि सकारमा सहभागी हुने कुराले अन्ततः एक भएर जानु नै हितकरण हुने यादवको बुझाई छ ।

यादवले महन्थ ठाकुरसँग भेटका लागि पनि प्रयास गरिरहेको दावीका वीच जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोसपालाई ल्याउँदा आफूलाई कुनै पनि आपत्ति नरहेको अभिव्यक्ती नै दिएका छन । स्थानीय निर्वाचनमा पार्टी विभाजनको असर देखिएको भन्दै उनले लोसपालाई एकीकरणका लागि आह्वान गरेका छन ।

जसपा र लोसपा फुट्दाको धक्का संघीय र प्रदेशमा पनि पर्ने देखिएको छ । यसलाई दृष्टिगत गरी जसपा र लोसपालाई मिलाउने प्रयास चलिसकेको छ । कम्तिमा चुनावी तालमेल सम्मको सहमति बनाउन खोजिएको छ । महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति बनाउन जसपा र लोसपाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । तर लोसपाले भने यसलाई यादवको नयाँ दाउको रुपमा बुझेको छ । जव–जव पार्टी भित्र शक्ती सन्तुलनको विषय उठ्छ तव यादवले आफ्नो साथ खोज्ने गरेको उनीहरुको बुझाई छ । भट्टराईले पार्टी फुटाए त्यसको परिपुर्ती एकताबाट गर्ने उनको छ ।

अर्कातर्फ यादवकै संसदीय क्षेत्रका ४ पालिकामध्ये २ पालिकामा विजय हासिल गरेको लोसपा यादवका लागि पराजयको कारण बन्ने देखिन्छ । यसरी बाध्यताको कसीमा गासिएका यादव एकताका लागि हतारिएका छन् । तर लोसपाका नेता लक्ष्मणलाल कर्णले भने जसपा अध्यक्ष यादवले बाटो– बाटोबाट एकिरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । विगतमा आफुहरुलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै कर्णले अहिले संकटमा परेकाले सहयोग खोजेको बताएका छन ।

यता राजनीतिक विश्लेषकहरु समेत राष्ट्रिय राजनीतिमा आफ्नो ‘स्पेस’ बढाउन मधेश केन्द्रित राजनीतिक दलहरू एक हुनुनको विकल्प नभएको बताउछन । उनीहरुले आफूहरु राष्ट्रिय दल बन्ने बाटोमा रहेको दावी गरेपनि फुटको कारणले आफ्नै आधार क्षेत्रमा कांग्रेस वलियो बन्दै जानुले अझ कठिन परिस्थिती बन्ने विश्लेषकहरुको भनाई छ ।

निर्वाचनको मुखमा एक हुने विगतको ईतिहासले पनि उनीहरु एक हुने सम्भावना बढि रहेको विश्लेषकहरु बताउछन । त्यस्तै आगामी निर्वाचन शिर्ष नेतृत्वकै भविष्यमाथिको प्रश्न भएका कारण एक पक्ष लचिलो बनेर नै भएपनि मिलनविन्दु सिर्जना हुने सम्भावना छ । त्यसमाथि पनि एउटै मुद्धा र एजेन्डा तथा आधारभूमि भएका उनीहरुका लागि अन्य दलहरुसंग भन्दा आफै मिलेर जानु सहज देखिन्छ ।