१४ बैशाख २०८१, शुक्रबार

उपरथी दर्जामा पदोन्नति भएका सहायक रथीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

01

प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नती गरेको थियो । 

पदोन्नती भएका उपरथीहरु दिपक कुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । 

सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका २ जना महा सेनानीहरुलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।