१७ बैशाख २०८१, सोमबार

रञ्जना गल्लीमा मृत फेला युवक घटनामा कुकुरसहित प्रहरीको टोली अनुसन्धानमा

police dog

काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो । 

युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए । 

‘हत्या नै भएको आशंका पनि गरी नहालौँ । यसले आतंक फैलाउँछ । अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली संलग्न छ । हामीले कुकुर पनि परिचालन गरेका छौँ’, उनले न्युज कारखानासँग भने, ‘प्रारम्भिक रूपमा हामीले कसरी मृत्यु घटना भयो ? यसबारे यकिन भन्न सकिने अवस्था छैन ।’

अर्धचेत अवस्थामा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन बिहान करिब ७ बजे फेला परेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । 

प्रहरी टोली घटनास्थल पुगिसक्दा महर्जनको मृत्यु भइसकेको प्रहरी प्रवक्ता मैनालीले बतँए ।