१७ बैशाख २०८१, सोमबार

युवालाई सम्बोधन गर्न चुक्यो बजेट

damauli pradarshan
फाइल फोटो

नेपालमा युवाको जनसंख्या अहिले सबैभन्दा बढी अर्थात् १ करोड २० लाखभन्दा बढी छ । अबको ३० वर्षसम्म उर्जाशील युवा शक्तिलाई देश विकासमा अधिकतम प्रयोग नगर्ने हो भने युवा पुस्ताबाट लिने फाइदा कम हुादै जाने दाबी समाजशास्त्रीहरुको छ । तर सरकारले ल्याएको बजेटमा युवा लक्षित योजना निकै मात्र मात्र परेका छन् । यसले युवालाई विकासमा प्रयोग हुने सम्भावना कम देखिएको छ ।

बजेटमा उद्यमशीलता विकास, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास जस्ता युवालाई आकषिर्त गर्ने केही नारा समेटिएको छ । त्यसैगरी युवामा वित्तीय पहुाच बढाउादै परम्परागत ज्ञान र सिपको आधुनिकीकरणमार्फत् युवा उद्यमीलाई आकषिर्त गर्ने प्रयास पनि गरिएको छ । तर यी कुरा व्यवहारिक रुपमा कार्यान्वयन हुन्छन् भन्नेमा युवा नै विश्वस्त छैनन् ।

सरकारले म्यादी प्रहरीको रुपमा राष्ट्रसेवा गरेका युवालाई लक्षित गरि उद्यमशिलता र स्वरोजगार केन्दि्रत कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै युवा तथा साना व्यवसायीलाई स्वरोजगार कोषमार्फत् १२ हजारलाई स्वरोजगार बनाउने उदेश्य सरकारको छ । तर पनि यतिले मात्र युवा शक्तिलाई विकासमा समाहित गर्न नसकिने दाबी युवा अभियन्ताको छ ।

आमनागरिकको चाहना पनि युवापंक्तिलाई अगाडि बढाउनुपर्ने देखिन्छ । तर जनचाहना एकातिर राज्यका कार्यक्रम अर्कोतिर हुादा युवाशक्ति पलायन हुन छाडेको छैन । यसतर्फ राज्यको ध्यान नपुग्ने हो भने मुलुकलाई विकासको गतिमा अघि बढाउन कठिन हुने छ ।