२२ बैशाख २०८१, शनिबार

मेयर बालेन्द्रको पहिलो दिन काठमाडौं महानगरमा

balen

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फोहरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्। महानगर प्रमुख, उपप्रमुख र सबै वडाध्यक्षले आजै शपथ र पदबहाली गरेपछि बसेको कार्यपालिकाको पहिलो बैठकले फोहरमैला व्यवस्थापन, कलसेन्टर स्थापना र सरसफाईलाई तत्काल अघि बढाउने निर्णय गरेको छ ।

कार्यपालिका बैठकमा वडाध्यक्षहरुले महानगरप्रमुखका योजना सकारात्मक भएको बताएका थिए । प्रत्यक्ष प्रशारण गरिएको कार्यपालिका बैठकले निर्णय गर्ने समयमा भने विधि र पद्दतीको कुरा उठाउँदै आपत्ति जनाएपछि छलफल र निर्णयमा केही अलमल भयो ।

प्रस्तावित योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, फोहोर व्यवस्थापनको क्षेत्रमा केनद्रीय सरकारसंग पनि समन्वय गर्नुपर्ने सुझाव धेरैले दिएका छन् । शाहले आजै राष्ट्रियसभा गृहमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनले उपप्रमुख सुनिता डंगोल तथा, वडाध्यक्षहरु र सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा ३२ वर्षीय साह स्वतन्त्र उम्मेदवार उठेर काठमाडौंको प्रमुखमा निर्वाचित भएका थिए ।