२२ बैशाख २०८१, शनिबार

२०७४ सालको निर्वाचनमा एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी

Gathabandhan 2 768x391 1

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन्। पराजित राईले ५ हजार ५३ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले ५ हजार ६२ पाएर विजयी भएकी छन्। उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४ सय २१ ले पराजित गरेकी हुन्।

निरौलाले ४ हजार ६ सय ४१ मत पाएका छन। गाउँपालिकाका १० वटै वडाको मत गणना सम्पन्न भएको छ। मत परिणामअनुसार वडा नं. २, ३, ७, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नं. १, ४, ५, ६ र ८ मा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।