१३ बैशाख २०८१, बिहीबार

समाजवादीका मानबहादुर केप्छाकी मगर उदयपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित

udy

उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका हुन् ।

मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरलाई हराउदै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४ हजार ६ सय ४८ मत ल्याउँदा नेकपा एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा समाजवादीका दिलबहादुर राना मगर विजयी भएका छन् । वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार ईन्द्रबहादुर राउत विजयी भएका छन्।

वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका मनोजकुमार कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रामबहादुर घले मगर, वडा नम्बर ५ मा नेपाली कांग्रेसका कुमार अधिकारी, वडा नम्बर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा माओवादी केन्द्रका भुवन केप्छाकी मगर र वडा नम्बर ८ मा एमालेका थीरबहादुर राउत विजयी भएका छन् ।

उदयपुरगढी गाउँपालिकामा २० हजार २ सय ५२ मतदाता मध्ये ५९ दशमल ७६ प्रतिशत १२ हजार १ सय २ मत खसेको थियो ।