२१ बैशाख २०८१, शुक्रबार

निजी आवासमा रुसी हमला, एक किशोरको निधन

russia 1

युक्रेनको ब्ल्याक सी बन्दरगाह ओडेसामा सोमबार रुसी आक्रमणमा एक किशोरको निधन भएको सो सहरको काउन्सिलले सामाजिक सञ्जालमा जनाएको छ । एउटा निजी आवासमा हमला हुँदा ती किशोरको निधन भएको हो । आक्रमणको समयमा भवनभित्र पाँच जना रहेको ओडेसा सिटी काउसिलले जनाएको छ ।

सो आक्रमणमा घाइते एक किशोरीलाई अस्पताल भर्ना गरिएको छ । तर, भवनमा रहेका अन्य तीन जनाको बारेमा केही विवरण दिइएको छैन् । क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले ‘शत्रुले ओडेसाको एक पूर्वाधारमा मिसाइल प्रहार गरेको’, बताएका थिए । ठूलो मात्रामा रुसी भाषी रहेको ओडेसा सहरमा पछिल्ला समयमा मस्कोले तीब्र हमला गरेको छ ।