१४ बैशाख २०८१, शुक्रबार

बाढीले बगाउँदा किशाेरीको निधन

death baby
सांकेतिक तस्विर

दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशाेरीकाे निधन भएको छ ।

बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको निधन भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।