२५ बैशाख २०८१, मंगलवार

एकीकृत समाजवादी स्याङजाका सचिव एमाले प्रवेश गरे

278872183 5040737826015943 6120515727847494293 n

नेकपा एकीकृत समाजवादी स्याङजाका सचिव एमाले प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।

उनीसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।