२० बैशाख २०८१, बिहीबार

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु’ ‘तिम्रो लागि सधै म हार्न सक्छु’

samikshya adhikari

गायिका समीक्षा अधिकारीले लामो समयपछि सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मायाको कुरा गरेकी छिन् । उनले, स्टाटसमा कसैका लागि मार्न र मर्न तयार भएको समेत लेखेकी छिन् ।

सामाजिक संजालमा केही हप्तादेखि आफ्ना गीतका भिडियो मात्र पोष्ट गर्दै आएकी समीक्षाले बिहिबार भने सायरी लेखिन् । सायरीमा उनले कोरेकी छिन्–‘ तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु । तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु । तिम्रो जितमा उत्सव मनाउने मान्छु हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’

उनले, कसैका लागि आफूलाई समेत दुःखमा पार्न सक्ने लेखेकी छिन् । यति मात्र होइन, कसैको जितमा आफूले उत्सव मनाउने समेत उनको भनाई छ । तर, आफूले माया गरेको मान्छेका लागि आफू हार्न समेत तयार भएको पनि समीक्षाको सायरीमा कोरिएको छ ।

समीक्षाले किन अचानक मायामा हार्ने र जित्ने कुरा गरिन् यो उनले नै जान्ने कुरा भयो । तर, समीक्षाको यो स्टाटसमा केही क्षणमा सय भन्दा बढी प्रतिक्रिया र हजार बढी लाइक आइसकेको छ ।