१ जेष्ठ २०८१, मंगलवार

अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न २२ जना चिनियाँ नागरिक पक्राउ

Nepal police

काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।

विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो । उनीहरुमाथि अध्यागमन विभागमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।