१८ बैशाख २०८१, मंगलवार

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक पेश गर्ने कार्यसूची

nepal parliament building

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गरेर स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । अब प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच पनि संसदीय कारवाही अगाडि बढाइने भएको छ ।

यसअघि एमालेको अवरोधका कारण सामान्य विषय मात्रै संसदीय कारवाहीमा परेका थिए । अवरोधकैबीच संसदबाट एमसीसी पारित गरिएपछि अब अन्य विधेयक पनि अगाडि बढाइने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले नेपाल नागरिक उड्यन प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पनि पेश गर्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बैठक एक बजे बस्नेछ । तर एमालेले भने सभामुखको राजीनामा माग्न थालेको छ । १४ सांसदको कारबाही नगरेर सभामुखले पूर्वाग्रह साँधेको एमालेको आरोप छ । यसैकारण एमालेले गत भदौदेखि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएको छ ।