
फाइल फोटो
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति बन्न नखोजेको बताउनुभएकाे छ । निधीले कसैलाई पराजित गर्न नभइ आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने उद्देश्य सभापति बन्न खाेजेकाे बताउनुभएकाे हाे ।
‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ शुक्रबार बानेश्वरमा सम्पर्क कार्यालय खाेलेपछि निधीले सञ्चारकर्मीसँग भन्नुभयाे ।
आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उहाँकाे भनाइ छ ।
‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’ उहाँकाे भनाइ छ ।