१४ बैशाख २०८१, शुक्रबार

मदिरा सेवन वडाध्यक्षको कार्यकक्षमा, स्थानीयले थुने एमाले नेता र शिक्षकलाई

chha thar1630053263

धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् । वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई स्थानीयले थुनेका हुन् ।

स्थानीय मेघराज खतिवडाकाअनुसार बिहीबार बेलुकी वडा कार्यालय भित्रबाट हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा ४ जना फेला परेका थिए। एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने भागेको खतिवडाले बताउनु भयाे । विश्वकर्मासहित अन्य दुई जना स्थानीयले थुनेको र दुई जना स्थानीय एक विद्यालयको शिक्षक समेत रहेको खतिवडाको भनाइ छ ।

वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताउनु भयाे । आफूले बुझेर मात्र यस विषयमा जानकारी गराउने उहाँकाे भनाइ छ ।

    सम्बन्धित समाचार...