१८ बैशाख २०८१, मंगलवार

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डा मिलाउने जिम्मा शीर्ष नेतालाई

deuwa gathabandhan 69

सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रालयको भागबन्डा मिलाउनेलगायत विषयमा शीर्ष नेता बसेर चाँडै सहमतिमा पुग्ने समझदारी भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।

सरकार सञ्चालको न्यूनतम साझा कार्यक्रम बनाएर सो अनुसार अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।