१८ बैशाख २०८१, मंगलवार

युवराज खतिवडा अर्थमन्त्रीमा दोहोरिने पक्का, २१ गते शपथ

yubraj khatiewada

अर्थमन्त्रीमा युवराज खतिवडा दोहोरिने पक्का भएको छ । आगामी २० गते रिक्त हुने भनिए को राष्ट्रियसभा सदस्यमा उनी दोहोरिने वा नदोहोरिने पक्का नभए पनि अर्थमन्त्री भने खतिवडा नै दोहोरिने भएका हुन् ।

मन्त्री खतिवडाले अर्थमन्त्रीमा आफू नै दोहोरिने र २१ गते शपथ लिने बताए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्तासमेत रहेको अर्थमन्त्री खतिवडाले भने, “२१ गते मेरो शपथ ग्रहण गर्ने दिने तोकिएको छ, त्यही दिन भेटेर कुरा गरौंला ।”

राष्ट्रियसभा सदस्य नदोहोरिए पनि आगामी ६ महिनाका लागि उनी नै अर्थमन्त्री हुनेछन् भने आगामी आर्थिक वर्षको बजेट पनि उनैले ल्याउनेछन् ।