१६ चैत्र २०८०, शुक्रबार

मालेका महासचिव मैनाली चढेको गाडी दुर्घटना

CP Mainali

नेकपा (माले) का महासचिव तथा पूर्व उप-मन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

CP Mainali gadi
तस्वीर : विक्रम रौनियार

उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ । पिकअफ भ्यानका चालक जित परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    सम्बन्धित समाचार...