
आज बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा दुबै जना मृत फेला परेका हुन् ।
आफ्नो तीन बर्षको नानी सुतेको बेला उनीहरु माछा मार्न गएका थिए।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई मृत फेला परेका हुन् ।
राती ११ बजे स्थानीय खार्साला खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । माछा मार्न जाँदा बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।