१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको हत्या गर्ने कुरा आपत्तिजनक : रावल

Bhim Rawal
फाइल फोटो

नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने कुरा आपत्तिजनक भएको बताएका छन्।उनले अभिव्यक्ति दिने कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले सार्वजनिकरुपमा क्षमा माग्नुपर्ने बताए।

‘प्रदेशसभा सदस्य जस्तो कानुनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्रधानमन्त्रीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ।अभिव्यक्तिको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिने सार्वजनिकरुपमा क्षमा माग्नुपर्छ,’ उनले ट्वीट गर्दै भनेका छन्।