७ बैशाख २०८१, शुक्रबार

नरोत्तम वैद्यको अभिव्यक्तिको विरोधमा अनेरास्ववियुको विद्यार्थीको प्रदर्शन

akhil 1024x590 1

काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिलाई लिएर नेकपा एमाले निकट विद्यार्थीहरुले शनिबार प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।

वैद्यको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनीहरुले सो अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले प्रदेशसभा सदस्य वैद्यविरुद्ध नाराबाजी गर्दै उनको पुत्लासमेत जलाएका छन् । आक्रोशित विद्यार्थीहरुले वैद्यलाई प्रदेशसभामा नभएर बुद्ध चोकमा आएर बोल्न चुनौतीसमेत दिएका छन् ।

काँग्रेसका प्रदेशसभा सदस्य वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भइरहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कोही ‘नाथुराम गोड्से’ हुन सक्ने भन्दै हत्याको चेतावनी दिएका थिए । अरु तयार नभए आफैसमेत उक्त भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो ।