
नेपालमा सवारीसाधन चोरीका घटना नौलो होइन । कार, मोटरसाइकल, ट्याक्सीसमेत चोरी गरेर नम्बरप्लेट नै परिवर्तन गरेर चलाउने गरिएको पाइन्छ । यस्तो घटना खासगरी मोफसलका जिल्लामा भेटिन्छ ।
एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पाइएको छ । अहिले पनि एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै मन्त्रीले चढ्ने सवारीसाधनको नम्बर प्लेट एउटै पाइएको छ । शनिबार पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा एउटा तस्बिर राखे । जसमा दुईवटा मन्त्रीका गाडी छन् तर, नम्बर प्लेट भने एउटै छ ।
पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन् : ‘मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।’
पार्किङ गरी राखिएका दुई वटै गाडीको नम्बर प्लेटमा बा २ झ ३५३२ रहेको छ । मन्त्री चढ्ने गाडीको नम्बर प्लेट एउटै भएपछि सामाजिक सञ्जनालमा तस्वीर भाइरल बनेको हो । कसरी यस्तो भयो भनेर सम्बन्धित निकायले भने खासै चासो देखाएको पाइएको छैन ।

त्यसतै बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा चोरीका ३ वटा गाडीमा एउटै नम्बर प्लेट राखेर कार्यालयका कर्मचारीले चलाएको पाईएको छ। किन यस्तो भैरहेको छ ?