१८ बैशाख २०८१, मंगलवार

झा दम्पती हत्यामा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ

jha dampati 750x375 1

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोर्वाका झा दम्पती हत्याको घटनामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।झा दम्पतीको शव विहिवार फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

६० वर्षिय मुसाफिर झा र ५८ वर्षिया गीतादेवी झाको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय विकास झा, कैलास झा र शम्भु झालाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ । प्रदेश २ का प्रमुख डिआइजी धिरजप्रताप सिंहले तीनै जनालाई पक्राउ गरिएको बताउँदै घटनाको अनुसन्धान जारी रहेको बताए । ‘शव फेला परेपछिको अनुसन्धानमा तीनै जना झाको संलग्नता देखिएकोछ ’ डीआईजी सिंहले भने , घटनाको थप अनुसन्धान भइरहेको छ र चाँडै सबै तथ्य बाहिर ल्याइने छो ।’ मृतक झा दम्पतीको खाटलगायतका विभिन्न सरसमानहरु पक्राउ परेका अभियुक्तहरुको घरबाट बरामद भएको डीआईजी झाले बताए ।शुक्रवार पक्राउ परेका तीनै जना मुसाफिर झाका आफन्तहरु हुन् ।हत्यामा उनीहरुकोपनि संलग्नता देखिएको प्रहरीले अनुसन्धानबाट खुलेको छ । प्रहरीले मुसाफिर र गीता देवीको हत्यामा संलग्न रहेको आशंकामा पिपरा गाउँपालिकाको वडा नम्बर–५ बस्ने रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवसँगै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

पक्राउ परेका चारै जना प्रहरी हिरासतमा छन् ।प्रहरीले गरेको पोलिग्राफि जाँचमा चारै जनाले झुटो वयान दिएको प्रहरीको दावी छ । गत फागुन १० गते राती घरबाट वेपत्ता भएका मुसाफिर झा र उनकी श्रीमती गीता देवी झाको शव निर्माणाधिन सडकको खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो ।सडक निर्माणको क्रममा मानिसको टाउको देखिएपछि प्रहरीलाइ खबर गरिएको थियो ।प्रहरीले सडकमा खन्दा दुवै शव फेला परेको थियो ।मृतकको लुगाबाट परिवारजनले सनाखत गरेका थिए ।