१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमायो : सभापति देउवा

Nabin

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनबाट कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमाएको बताएका छन्।

‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले ट्विटरमा लेखेका छन्, ‘जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ।’

त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्।

मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो ।