७ बैशाख २०८१, शुक्रबार

नवीन्द्रराज जोशीको निधन

nabindra raj joshi

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

फागुन १४ गते मष्तिष्कघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पताल जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।

विज्ञप्तिमा जनाइए अनुसार ‘भेन्टिलेटरको सहायतामा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’ ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।