७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ फेरि संसारकै प्रदुषित

weather

काठमाडौँको हावाफेरि संसारकै प्रदुषितभएको छ । हावाको गुणस्तर तथा प्रदुषण मापन गर्ने स्वीट्जरल्याण्डको आइक्युएआइआरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स विश्वका अन्य सहरभन्दा धेरै अर्थात २ सय ९८ पुगेको छ ।

काठमाडौँपछि चीनको राजधानी बेइजिङ (१८३) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १ सय ७४ पुगेको थियो ।एक्युआई ५० सम्म हुनु राम्रो मानिन्छ भने ५० देखि १०० सम्मलाई मध्यम मानिन्छ।

एक्युआई१ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २ सयसम्म पुगे सबैका लागि अस्वस्थकर मानिन्छ भने ३ सय पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । अमेरिकाको डेट्रोइट सहर एक एक्युआईसहित विश्वकै गुणस्तरीय हावा भएको सहरको रुपमा परेको छ ।