१६ चैत्र २०८०, शुक्रबार

साँझ ९ बजेपछि देउसी–भैलो खेल्न निषेध काठमाडौं उपत्यकामा

deusi bhailo

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले रातको समयमा देउसी–भैलो खेल्न निषेध गरेको छ ।

शुक्रवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले तिहारमा काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको हो । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन पनि निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । ​आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने काठमाडौंका एसएसपी भरत बोहराले बताउनुभयो ।

यस्तै स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।