
मन्त्रिमण्डल हेरफेरप्रति नेकपा प्रदेश नम्बर २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभू साहले सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै यसबाट आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् ।
उनले ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’, साहले फेसबुकमा लेखेका छन्, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’
मन्त्रीका आकांक्षीसमेत रहेका साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको आरोप लगाएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको साहको दाबी छ ।