
जिल्लाको भैरवी गाउँपालिकामा गोरुको हत्या गरेको आशंकामा २ जना पक्राउ परेका छन् ।
भैरवी गाउँपालिका वडा नं २ मा रहेको माँझबाडामा बारीमा बाधेरे राखेको अवस्थामा विहिबार हत्या गरिएको प्रहरीले जनाएको छ ।
मकै भाँचेदेखी मल बनाउनको लागि बारीमा बाधेर राखेको अवस्थामा स्थानीय कलम थापाका २ वटा गोरुको आगाडीको खुट्टा र मुख काटिएको छ ।
विहीबार सामान्य भनाभन भएको र रिसको झोकमा आएर गोरुको खुट्टा र मुख काटेको हुन सक्ने आशंकामा २ जनालाइ पक्राउ गरीएको छ । के कति कारणले गोरुको हत्या भएको भन्ने बारेमा अनुसन्धान भईरेहको प्रहरी चौकी भैरवीका हवल्दार गोपीलाल खड्काले बताए ।

उनका अनुसार गोरुलाई खुकरी तथा खुँडाले हानेको हुन सक्ने अनुमान गरिएरा पक्राउ परेका २ जनालाई इलाका प्रहरी कार्यालय दुल्लुको जिम्मा लगाइने बताएका छन् ।
घटनाको थप विवरण आउँन बाँकी