४ बैशाख २०८१, मंगलवार

आज काठमाडौंमा झण्डै ७०० संक्रमित थपिए, देशभर ९७२ जना निको भए

corona virus graph

नेपालमा आज (शुक्रवार) १०,७०१ पिसिआर टेस्ट भएकोमा थप १,४५४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १४,९२५ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ । हाल क्वारेन्टाइनमा ६,०७८ जना रहेका छन । पछिल्लो २४ घण्टामा ९७२ जना र आज सम्म ३६,६७२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरेर उपत्यकामा ६९६ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५७२ रहेको थियो ।

प्रदेश अनुसार आईसियुमा १७० जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा २४, बाग्मती प्रदेशमा १०७, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिममा १ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा २२ जना र प्रदेश ५ मा २ र सुदुर पश्चिममा १ जना गरी जम्मा २५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ५ जनाको निधन भएको छ । हालसम्म मृतक ३२२ जनामा काेराेना पुष्टि भएकाे छ।