६ बैशाख २०८१, बिहीबार

साजन राईकाे गीतमा गाैरब र मेनुकाकाे अभिनय

gaun ghar ramailo

साजन राईकाे स्वर तथा संगीतमा तयार भएकाे “गाउँघरकै जीवन रमाइलाे” गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा रमेश कार्किकाे शब्द, सन्जिव बराइलीकाे एरेन्ज र प्रदिप जाेशिकाे मिक्सिङ मास्टेरिङ रहेकाे छ ।

गीतले आफु जहाँ पुगेपनि जन्मेकाे गाउँघरकै जीवन रमाइलाे हुने सन्देश बाेकेकाे छ । यस भिडियाेमा ‘सुन साँईली’ गीतबाट चर्चित बनेका (साइला)गाैरब पहाडी र (साइली) मेनुका प्रधानकाे दमदार अभिनय रहेकाे छ ।

त्यसैगरी गीतको छायाँकनमा भुपेन्द्र तुम्वाहाम्फे, सम्पादनमा अनिल राणा, ड्राेनमा सुमन याेन्जन र निर्देशन किरन चाम्लिङ र भुपेन्द्र तुम्वाहाम्फे मिलेर गरेका हुन ।

गायक तथा संगीतकार साजन राईले यसअघि पुर्वको माया पश्चिमलाई, पैसा र बैँस थाहा हुन्न कान्छी, नेपाली नेपाली हामी नेपाली, तिमी गयौ र यो दिन खाली भो, तिमीले छम छम गरि नाचिँदिदा लगायतका चर्चित गीतहरुले दर्शकहरुकाे मन जितिसकेका छन ।

यस गीतले पनि दर्शक स्राेताकाे मन जित्ने निर्माण टिमकाे बिश्वास रहेकाे छ ।