१४ बैशाख २०८१, शुक्रबार

गाई काटेर भाग लगाउदै गरेका ३ जना पक्राउ

pakrau gai katne

चितवनमा गाई काटेर भाग लागाउँदै गरेका ३ जना पक्राउ परेका छन । कालिका नगरपालिका १ सुन्दरबस्तीबाट उनिहरुलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा उनिहरुले गाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बुधवार दिउँसो ४:३० बजे स्थानीय महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काट्ने कालिका नगरपालिका १ का ३२ वर्षीया उर्मिला परियार, सोही स्थानमा १६ वर्षीय सविन परियार र वर्ष १६ कै सुबास परियारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार तिनै जनामाथि जिल्ला अदालतवाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।