१६ चैत्र २०८०, शुक्रबार

गाेरू काट्नेलाई १ बर्ष ९ महिना जेल सजाय

dead cow

दैलेख जिल्लाकाे भैरवि गाउपालिका २ काे बारीमा बाँधेर राखेका एक हल गाेरू काट्नेलाई १ बर्ष ९ महिना कैद सजाय हुने भएकाे छ ।

बारीमा बाँधिएका गोरु काट्नेलाई दैलेख जिल्ला अदालतले कैद सजायको फैसला गरेको हाे ।

अदातलका न्यायाधीस दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतीपूर्तीको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गोरु हत्या आशंकामा २ जना पक्राउ

मुलुकी अपराध संहिताको २८९ को उपदफा १,२ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनका अनुसार विष्टबाट ४० हजार क्षतीपूर्ती भराउन पनि अदालतले फैसला गरेको छ।

dailekh court

गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधेका गोरु काटेका थिए । एक गोरुको काटिएको दिनमै मरेको थियो भने अर्को घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।

अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया थापाले दिएका छन् । ‘खेती लगाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ, अदालतले न्याय दिएको छ,’ थापाले भने, ‘गोरु काट्नेबाटै अदालतले क्षतीपूर्ती वापतको रकम भराएपछि थप राहत पुगेको छ ।’